काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को नाफा २५ करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २५ करोड १९ लाख रूपैयाँ खुद नाफा कमाएको हो ।
गत आवको सोही अवधिमा अवधिसम्म ४७ करोड ५४ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा गत आवको सोही अवधिमा ४७ प्रतिशतले नाफा घटेको हो । कम्पनीको कुल आम्दानी १.५५ प्रतिशतले बढ्दा खर्च भने २५.४४ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी २ अर्ब ५ करोड रूपैयाँबाट सामान्य बढेर २ अर्ब ९ करोड पुग्दा खर्च भने १ अर्ब ३८ करोड रूपैयाँबाट बढेर १ अर्ब ७३ करोड रूपैयाँ नाघेको छ ।
गत आवको सोही अवधिमा १ अर्ब ३७ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको चालु आवको ९ महिनामा १ अर्ब २९ रूपैयाँ मात्रै रहेको छ । चुक्ता पुँजी २ अर्ब ६२ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड ४१ लाख रूपैयाँ र जगेडा कोषमा ६२ करोड ६१ लाख रूपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ११.३६ रूपैयाँले घटेर १२.८१ रूपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २४८.८२ रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्