काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा प्रभु इन्स्योरेन्सको नाफा २० करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा २० करोड २ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४८.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ रहेको थियो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ७६ करोड रुपैयाँबाट बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ४५.९९ प्रतिशतले बढेको हो ।
यता, कम्पनीको आम्दानी १ अर्ब ९ करोड रुपैयाँबाट ३३.५६ प्रतिशतले घटेर ७२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । खर्च भने १७.५५ प्रतिशतले घटेर ४४ करोड १३ हजार रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यता, महाविपत्ती कोष ९.५० प्रतिशतले बढेर ११ करोड ५३ लाख रुपैयाँ र जगेडा कोष ४३.५१ प्रतिशतले बढेर २९ करोड १ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.५३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्