Skip to content
Prabhu

पियोर इनर्जीको आईपीओ नेप्सेमा कहिले सूचीकृत हुन्छ ?

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतको प्रक्रियामा रहेको बताइएको छ । कम्पनीले सर्वसाधारणलाई गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आवेदन माग गरेको आईपीओ नेप्सेमा सूचीकृत हुने चरणमा रहेको बताइएको हो ।

अहिले उक्त आईपीओ सम्बधित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । अब छिट्टै यो कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत हुने छ र त्यस पनि दोस्रो बजारमा खरिद बिक्री समेत हुने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । जसबाट १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्