Skip to content

खनाल आयोगको प्रतिवेदन क्रमिक रुपमा कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

nabil bank

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले तयार गरेको प्रतिवेदन क्रमिक रुपमा कार्यान्वयन हुँदै जाने बताएका छन । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा बोल्दै अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

प्रतिवेदनमा तत्कालिन, मध्यम र दीर्घकालिन योजनाहरु रहेकाले क्रमिक रुपमा समस्या समाधान गरिने उनको भनाइ छ । यो पटकको बजेटमा नै सबै समस्या समाधान हुन्छ भनेर भन्न नसकिने भन्दै विस्तारै सुझाबहरु कार्यान्वयन हुँदै जाने उनको भनाइ छ ।

तत्कालै कार्यान्वयन हुनु पर्ने कुरा अहिलेको बजेटबाट समाधान गर्न आफू तयार रहेको अर्थमन्त्रीको भनाइ थियो । बजेट निर्माणका क्रममा आफूले सबैको सुझाबलाई आत्मसाथ गरिने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime