काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिले परिवर्तन गर्न नसकेको समस्या कर्मचारी तन्त्रले समाधान गर्न नसक्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।
‘राजनीतिले गर्न नसकेको समस्या समाधान कर्मचारी तन्त्रले विश्वभर कतै पनि समाधान गर्न सक्दैन र सकेको छैन,’ उलने भने । आफ्नो कार्यकाल भन्दा अहिले अर्थमन्त्रालय लथालिङ बन्दै गएको उनको आरोप छ । राज्यल बलियो भनेको कर्मचारी बलियो हुनु पर्ने आवश्यकता रहेको उनको भनाइ ।
राजनीतिक पार्टीहरुले संसदबाट बनाएको कानुन कार्यान्वयन गर्नका लागि कर्मचारी तन्त्र नै बलियो हुने उनको तर्क थियो । आर्थिक रुपमा बलियो बन्नका लागि उत्पादनमा बढी जोड दिनु पर्ने उनको भनाइ छ । केही पनि नभएको देशमा केही पनि बाड्न सकिदैन भन्दै पुँजी भएको खण्डमा बाड्न सकिने उनको भनाइ छ । जग्गामा अब अदबन्दी लगाउन नहुने पनि उनले बताए । उद्योग र खेतीको रकममा कर नलिने नीति लिनु पर्ने उनको भनाइ छ । आवशीय जमिनमा उच्च कर लगाउनु पर्ने पाण्डेको भनाइ छ । ‘यसले हाम्रो उत्पादनमा वृद्धि हुन्छ । जमिन किनेर थन्काउने प्रवृत्ति कम हुन्छ,’ उनले भने ।






प्रतिक्रिया दिनुहोस्