Skip to content

सन नेपाल लाइफको हकप्रद सेयर निष्कासन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले १ः०.२७ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

हकप्रद सेयरमा सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयका साथै मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ । हकप्रद निष्कासनपछि ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्कानका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ ।

वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनी हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्