Skip to content

बुढीगंगाको प्रशासकीय भवन १० करोड बढीको लागतमा निर्माण

बाजुरा । जिल्लास्थित बुढीगङ्गा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवन निर्माण भएको छ । १० करोड ५५ लाख ५ सय ३४ रुपैयाँको लागतमा भवन निर्माण गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।

पहिलो स्थानीय तहको निर्वाचनपछि निर्माण सुरु भएको भवन २०८१ सालमा निर्माण सम्पन्न भई कामकाज सुरु गरे पनि आज औपचारिक उद्घाटन गरिएको नगरप्रमुख बानियाँले बताए । पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले यहाँ आयोजित बुढीगङ्गाको विकासका लागि कचहरी कार्यक्रमका अवसरमा भवन उद्घाटन गरेका हुन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

चारतले अत्याधुनिक प्रशासकीय भवनमा बैठक कक्षसहित २४ कोठा रहेका छन् । भवनमा अत्याधुनिक लिफ्टसहितको व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले जानकारी दिए । नगरपालिकामा रहेका १० वडामध्ये हालसम्म सात वडा कार्यालय निर्माणसम्पन्न भएका उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्