Skip to content

सुनको मूल्य २ हजार रुपैयाँले घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्