काठमाडौं । बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज (बुधबार) उक्त रकम खिच्न लागेको हो ।
२१ दिन अवधिका लागि निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी जेठ २१ गते हुनेछ ।






प्रतिक्रिया दिनुहोस्