Skip to content

बाढीपहिरो र घट्दो ब्याजदरको प्रभावः निर्जीवन बीमा कम्पनीको नाफा ५४ प्रतिशतले घट्यो

nabil bank

काठमाडौं । गत असोज महिनामा आएको बाढी पहिरो र बैंकको घट्दो ब्याजदरका कारण निर्जीवन बीमा कम्पनीको नाफा प्रभावित भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीबन बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । बाढी र घट्दो ब्याजदरका कारण नाफा प्रभावित भएको बताइन्छ ।

चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीको नाफा ५४.४५ प्रतिशतले घटेको छ । कम्पनीहरुको नाफा घट्नुको मुख्य कारण असोज ११ र १२ गते आएको बाढी र निरन्तर घटिरहेको ब्याजर भएको दाबी गर्छन ।

बाढी पहिरोबाट भएको क्षतिको भुक्तानी दिनु पर्दा त्यसको प्रभाव कम्पनीको नाफामा परेको निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको भनाइ छ । बीमा कम्पनीहरुले एकै पटक ठूलो मात्रामा भुक्तानी दिनु पर्दा त्यसको असर नाफामा परेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल वलभ पन्तको भनाइ छ । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्नु पनि निर्जीवन बीमा कम्पनीको नाफा घट्नुको कारण रहेको उनले बताए । ‘असोज महिनामा आएको बाढी नै बीमा कम्पनीको नाफा घट्नुको मुख्य कारण हो । त्यो बाहेक लगानीको प्रतिफल पनि कारण हो,’ उनले भने । अघिल्लो वर्ष बैंकको ब्याजदर ९–१० प्रतिशत रहेको थियो भने अहिले ३–४ प्रतिशतमा झरेको छ ।

१४ निर्जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्म २ अर्ब ४१ करोड ३ लाख ३६ हजार रुपैयाँ नाफा कमाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधिमा ५ अर्ब २९ करोड २० लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

१४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये दुई कम्पनीको नाफा मात्रै बढेको छ । बाँकी सबै कम्पनीको नाफामा गिरावट आएको छ । यो अवधिमा सानिमा जिआईसी र शिखर इन्स्योरेन्सको मात्रै नाफा बढेको छ । यता ओरियन्टलको १३ करोड ८३ लाख र नेशनल इन्स्योरेन्स ७२ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्म शिखरको नाफा १.७९ प्रतिशतले बढेर ३५ करोड ७० लाख रुपैयाँ र सानिमा जिआईसीको १६.२१ प्रतिशतले बढेर २३ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको २३.३७ प्रतिशतले घटेर ३९ करोड ५६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको २.१६ प्रतिशतले घटेर ३६ करोड ९३ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४५.२० प्रतिशतले घटेर ३३ करोड २३ लाख, आइजिआई प्रुडेन्सियलको ४३.३१ प्रतिशतले घटेर २६ करोड ५१ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४७ प्रतिशतले घटेर २५ करोड १९ लाख रुपैयाँ रहेको छ ।

यस्तै प्रभु इन्स्योरेन्सको ४८.८४ प्रतिशतले घटेर २० करोड २ लाख, नेपाल इन्स्योरेन्सको ३९.४४ प्रतिशतले घटेर १७ करोड ८४ लाख, युनाइटेड इन्स्योरेन्सको ५७.६५ प्रतिशतले घटेर ११ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime