काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भाखा नाघेको ऋणको साँवा र ब्याज १ खर्ब २४ अर्ब ४ करोड (६८.४७ प्रतिशत) तिर्न बाँकी रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा उक्त रकम बेरुजु देखाइएको छ ।
यस्तै, हाल सञ्चालनमा नरहेका १४ संस्थानको १ अर्ब २२ करोड ५० लाख साँवा तथा ५ संस्थानको २४ करोड ६४ लाख ब्याजको भाखा नाघेको छ ।
यसैगरी १२ स्थानीय तहमा १ अर्ब १८ करोड ६२ लाख ऋण लगानी गरेकोमा साँवा १ अर्ब १८ करोड ३० लाख र ब्याज १ अर्ब ७७ करोड ३८ लाखको भाखा नाघेको छ । भाखा नाघेको साँवा र ब्याज रकम तथा राजस्व बक्यौता लगायतका रकमहरू कानुनी प्रक्रियाबमोजिम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्