Skip to content

५१ करोड ५९ लाख पुँजीगत लाभकर असुल्न महालेखाको सुझाव

nabil bank

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले कम्पनीको नेटवर्थका आधारमा ५० प्रतिशत लाभकर १२ करोड १५ लाख ९० हजार तथा बजारमूल्यका आधारमा ५१ करोड ५९ लाख १५ हजार लाभकर असुल नभएको सम्बन्धमा छानबिन गरी असुल्न सरकारलाई सुझाव दिएको छ ।

महालेखाले आज सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । ठुला करदाता कार्यालयको एक करदाताअन्तर्गतको चुक्ता पुँजी ४ अर्ब ४० करोड रहेकोमा उक्त पुँजीमध्ये २०७८।७९ मा ९ सेयरधनीले कुल ८६ करोड ४८ लाख ३० हजार तथा २०७९/८० मा १५ जनाले कुल ८३ करोड ५९ लाख ८० हजारको संस्थापक सेयर बिक्री गरेकोका छन् ।

दुई आर्थिक वर्षमा १ अर्ब ७० करोड ८ लाख १० हजारको सेयर खरिद बिक्री गरेको कर परीक्षण प्रतिवेदनबाट देखिन्छ । करदाताको नेटवर्थ प्रतिसेयर २०७८।७९ मा २४८.९९ रुपैयाँ तथा २०७९।८० मा २३६.७६ रुपैयाँ रहेकोले यसको आधारमा दुई वर्षमा नेटवर्थका आधारमा मात्र (अन्य सम्पत्ति र दायित्वको मूल्याङ्कन, ख्याति, ट्रेडमार्क आदि बाहेक ) पनि २ अर्ब ४३ करोड १७ लाख ९६ हजार पुँजीगत लाभ भएको देखिएको छ ।

कम्पनीको बजार मूल्यका आधारमा गणना गर्दा दुई वर्षमा १०० अर्ब ३१ करोड ८३ लाख ५ हजार पुँजीगत लाभ भएको देखिन्छ । पुँजीगत लाभकर आयकर ऐन, २०५८ को दफा ९५ (क) (२ख) मा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा अवधिको आधारमा ५ प्रतिशत र ७.५ प्रतिशत अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime