Skip to content

हिमालयन रिको नाफा ९८ करोड ९३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा हिमालयन रि इन्स्योरेन्सले ९८ करोड बढीको नाफा आर्जन गेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा गत आवको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । कम्पनीको यस्तो नाफा गत आवको सोही अवधिसम्ममा ९३ करोड ११ लाख रूपैयाँ रहेको थियो । खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । गत वर्ष १२.४१ रूपैयाँ रहेको कम्पनीको ईपीएस यस वर्ष २७ पैसाले बढेर १२.६८ रूपैयाँ पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै गत वर्षको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ४९ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष १९.७६ प्रतिशतले बढेर ४ अर्ब १८ करोड रूपैयाँ नाघेको छ ।

यस वर्ष कम्पनीको कुल आम्दानी २१.७६ प्रतिशतले वृद्धि हुँदा कुल खर्च भने २४.७० प्रतिशतले वृद्धि भएको छ । आम्दानी ४ अर्ब २७ करोडबाट बढेर ५ अर्ब २० करोड पुग्दा खर्च २ अर्ब ९८ करोडबाट बढेर ३ अर्ब ७१ करोड नाघेको छ।

१० अर्ब ४० करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा साढे १६ करोड रूपैयाँ, जगेडा कोषमा १ अर्ब २ करोड रूपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.२४ रूपैयाँ रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्