काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्