काठमाडौं । आजको सेयर बजार कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको पहिलो आधा घण्टाको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ ५० पैसाले बढेर ५७८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक भने २ दशमलव २८ अंकले घटेर २६३१ दशमलव ९५ विन्दुमा पुगेको पुगेको हो । यो अवधिमा सेयर बजारमा १ अर्ब माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्