Skip to content

आइक्यानले सीएका लागि नयाँ पाठ्यक्रम ल्याउने, तीन चरणमा लागू हुने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले चार्टर्ड एकाउन्टेन्सी (सीए) को नयाँ पाठ्यक्रम लागु गर्ने भएको छ ।

आइक्यान अध्यक्ष प्रविणकुमार झाले अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गरिएको बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

इन्स्टिच्युट अफ चार्टर्ड एकान्टेन्ट्स इन इङल्यान्ड एन्ड वेल्ससँगको प्राविधिक सहकार्यमा तयार पारिएको पाठ्यक्रम एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः २०२५ डिसेम्बर, २०२६ डिसेम्बर र २०२८ जुनबाट लागु हुने अध्यक्ष झाको भनाइ छ ।

नेपालमा सीए पढाइमा युवापुस्ताको आकर्षण बढेको भन्दै संसारको जुनसुकै देशमा पनि काम लाग्ने खालको पाठ्यक्रम तयार पारेको बताए । नयाँ पाठ्यक्रम इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सबाट जारी भएको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तया पारिएको छ ।

नयाँ पाठ्यक्रम लागु भएपछि देशमा आवश्यक दक्ष लेखा व्यवसायी उत्पादन भई देशको समग्र लेखा व्यवसाय क्षेत्रको विकासमा टेवा पुग्ने अध्यक्ष झाको विश्वास छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्