काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा गुराँस लघुवित्तमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २९७ रुपैयाँ २५ पैसाले घटेर २ हजार ६८० रुपैयाँ ५८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले कम हो । आज धेरै मूल्य घट्ने शीर्ष पाँच वटा कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स, बाराही हाइड्रोपावर, क्रेस्ट माइक्रो लाइफ र बुटवल पावर कम्पनी रहेका छन् ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य २२३ रुपैयाँ ६८ पैसाले घटेर २ हजार ८१ रुपैयाँ ०२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.७१ प्रतिशतले कम हो । त्यस्तै बाराही हाइड्रोपावरको सेयर मूल्य ९.२६ प्रतिशत अर्थात् ९८ रुपैयाँ ०९ पैसाले घटेर ९६१ रुपैयाँ ६६ पैसा पुगेको छ ।
त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १६८ रुपैयाँ ६५ पैसाले घटेर २ हजार ६६ रुपैयाँ १५ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ७.५५ प्रतिशतले कम हो । आज बुटव पावर कम्पनीको सेयर मूल्य पनि ६.१२ प्रतिशत अर्थात् ३० रुपैयाँ ९८ पैसाले घटेर ४७४ रुपैयाँ ९८ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्