काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का आर्थिक गतिविधि समेटेर महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा नियोगहरूको उक्त बदमासी औंल्याइएको छ ।
विदेशस्थित १२ वटा नेपाली नियोगले ७२ करोड २९ लाख ६० हजार रुपैयाँ रकम राजस्व खातामा नराखेको पाइएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५८(१) बमोजिम नेपाल सरकारलाई प्राप्त भएका सबै राजस्व तोकिएको खातामा जम्मा गर्नुपर्दछ ।
आर्थिक वर्ष २०८०र८१ मा विदेशस्थित ३९ वटा नेपाली नियोगबाट ५ अर्ब ६३ करोड ९४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
सो आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब ७ करोड ७६ लाख ८१ हजार रुपैयाँ निकासाबाट कट्टी गरिएको थियो र एक अर्ब ५६ करोड १७ लाख ४३ हजार बाँकी राजस्व खातामा दाखिला गर्न बाँकी रहेको थियो ।
‘सोमध्ये १२ नियोगले पनि २०८१ फागुन मसान्तसम्म ७२ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व खातामा दाखिला गरेको नदेखिएकाले सो रकम सञ्चित कोष दाखिला गर्नुपर्दछ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।
प्रतिक्रिया दिनुहोस्