काठमाडौं । बाहिरी चक्रपथ निर्माणको काम सुरु नभइ प्रशासनिक कार्यमा हालसम्म १५ करोड ४३ लाख ४६ हजार खर्च भएको छ ।
महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औँ प्रतिवेदन अनुसार उक्त रकम खर्च भएको हो ।
व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका ३ जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित शहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने उद्देश्यले २०५८ मा वाहिरी चक्रपथको अवधारणा ल्याएको थियो ।
उक्त कार्यका लागि आर्थिक वर्ष २०६०/६१ मा प्रति आना ५ लाखका दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणको लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान भएको थियो । हालसम्म आयोजना सुरु भएको छैन । आयोजना कार्यान्वयन सम्बन्धमा शहरी विकास मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनुपर्ने सु्झाव छ ।
प्रतिक्रिया दिनुहोस्