काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सहुलियतपूर्ण कर्जाका लागि २४ अर्ब ८९ करोड १० लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औँ प्रतिवेदन अनुसार उक्त रकम अनुदान बापट प्रदान गरिएको छ ।
ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ बमोजिम बैंक तथा वित्तिय संस्थाबाट २०८१ आषाढ मसान्तसम्म १ खर्ब ८७ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराईएको छ ।
यसको ५ प्रतिशतका दरले २ अर्ब ५० करोडसमेत २०८१ आषाढ मसान्तसम्म २४ अर्ब ८९ करोड १० लाख ब्याज अनुदान प्रदान गरेका छन् । सहुलियतपूर्ण कर्जाको बक्यौता रकम २०८१ आषाढ मसान्तमा १ खर्ब २६ करोड ८२ लाख पुगेको छ ।
बैंकहरूले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदानलगायतका खर्च खुल्ने विवरण नभएको पाइएको छ । उल्लिखित विवरण तयार गरी कर्जा असुलीसमेत प्रभावकारी बनाउनुपन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्