काठमाडौं । बैंकहरूले बिना कागजात सहुलियतपूर्ण कर्जा, त्यसका लागि २४ अर्ब ८९ करोड १० लाख ब्याज अनुदान प्रदान गरेका छन् ।
उक्त ब्याज अनुदानलगायतका खर्च खुल्ने विवरण नभएको महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका अनुुसार सहुलियतपूर्ण कर्जाका लागि अनुदान उपलब्ध गराउन ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ बमोजिम बैंक तथा वित्तीय संस्थाहरूबाट २०८१ असार मसान्तसम्म १ खर्ब ८७ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराएको हो ।
यसको ५ प्रतिशतका दरले २ अर्ब ५० करोडसमेत २०८१ असार मसान्तसम्म २४ अर्ब ८९ करोड १० लाख ब्याज अनुदान प्रदान गरेका छन् । सहुलियतपूर्ण कर्जाको बक्यौता २०८१ असार मसान्तमा १ खर्ब २६ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
बैंकहरूले सहुलियतपूर्ण कर्जा, सोको लागि प्रदान गरेको ब्याज अनुदानलगायतका खर्च खुल्ने विवरण तयार गरेको छैन । उल्लिखित विवरण तयार गरी कर्जा असुलीसमेत प्रभावकारी बनाउनुपर्ने कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्