Skip to content

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफले  सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा १७ (क), को  नियम अनुसार सञ्चालक समितिका सदस्य , आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ।  काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो  कार्यक्रम बीमा प्राधिकरणका  निर्देशक शाम्बराज लामिछाने तथा उप निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली  र निर्देशन बमोजिमको कार्य  प्रभावकारीरुपमा गर्न गराउन, आबश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन श्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत सञ्चालक समितिको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो । कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले  सम्पत्ति शुद्धिकरण सम्बन्धमा राष्ट्रिय र  अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा तर्जुमा गरिएको  सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा  नियमावलीमा व्यवस्था भएको दायित्व पुरा गर्ने बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले  सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको  महत्वमा प्रकाश पार्दै  कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरस पालना गरिने बारेको स्पटोक्ति गरे। साथै यस  निर्देशिकाको अनुपालनमा आफुहरूले कुनै कसर बाँकी नराख्ने कुरा समेत ब्यक्त गरे । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले गत  वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाउने निर्णय गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्