Skip to content

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

चितवन । जिल्लाको समग्र विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९ सय २० रुपैयाँ भएको जनाएको हो ।

Hyundai

जिल्लाको समग्र विकासका लागि आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ रुपैयाँ विनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए।

यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि १३ अर्ब ६ करोड ७१ लाख २४ हजार ९८० रुपैयाँ विनियोजन गरिएकोमा १० अर्ब ५१ करोड ९५ लाख २० हजार ८१० रुपैयाँ खर्च भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्