Skip to content

क्रेस्ट माइक्रो लाइफकाे दोस्रो सधारणसभा जेठ २३ गते, बुक क्लोज कहिले ?

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २३ गतेका लागि आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो दोस्रो साधारणसभा जेठ २३ गते सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ । साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन पनि सभाले गर्नेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएकाले जेठ ८ गतेसम्म कायम सेयरधनीहरू सभामा उपस्थित हुन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्