Skip to content

टेरामक्स प्रकरणमा कांग्रेस सांसद बस्नेतसहित १६ जनाविरुद्ध सवा ३ अर्ब दाबीसहित भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि उपकरण खरिद घोटालामा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बढी माग दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद वस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र रहेका छन् ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता भियानराइज सोलुसन र त्यसका सीई‌ओ जमाल अनौती रहेका छन् । भियानराइज सोलुसनको लोकल एजेन्ट भनिएको कनेक्सन ट्रेड लि‌क प्रालि काठमाडौंका अध्यक्ष दिलिप कुमार गुरुङ्ग र निर्देशक तेज प्रसाद खरेल रहेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्