Skip to content

आईजीनलाई कमाउ धन्दा बनाएको भन्दै नेप्से र सीडीएससी बिरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । सेयर सूचीकृत गर्दा प्रदान गरिने कोड र आईजीन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर) लाई कर्मचारीले कमाईखाने भाडो बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल स्टक एक्स्चेञ्ज ‘नेप्से’ र सीडीएस एण्ड क्लियरिङका कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमत्तोमा कतिपय कम्पनीको सिंगल आईजीन र सिंगल कोड सिर्जना गरी असुली गरेको भन्दै कर्मचारी उपर छानविन गरी कारबाही गर्न माग गरिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आईजीनको नाममा भएको विकृति रोक्नका लागि अमर लम्सालले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । उनले सी–०६७३७० को दर्ता नम्बरमार्फत अख्तियारमा उजुरी दर्ता गराएका छन् ।

उनले कुनै कम्पनीले आईपीओ जारी गर्दा संस्थापक र सर्वसाधार गरी दुई भागमा सेयर जारी गर्ने तथा रियल सेक्टर र जलविद्युत कम्पनीका संस्थापकहरुको सेयर ३ वर्षसम्म लकइन हुने भएपनि नेप्से र सीडिएससीले एउटै कोड र आईजिन नम्बर दिएर लगानीकर्तामा भ्रम सिर्जना गरी कमाई खाने भाडोको रुपमा विकास गरेको दाबी गर्दै उजुरी हालेका छन् ।

‘प्रमोटर र पब्लिक गरी दुई भागमा विभाजन गरिएको सेयरलाई नेप्सेले एउटै कोड नम्बर उपलब्ध गराउने तथा सोही कोडको आधारमा सीडएस एण्ड क्लियरिङले एउटै आइजीन नम्बर दिएर सर्वसाधारण लगानीकर्तामाथि शोषण गर्नुका साथै अख्तियारको समेत दुरुपयोग गरी गैरकानूनी कार्य गर्दै आएका छन्,’ उक्त उजुरी निवेदनमा भनिएको छ, ‘एउटै कोड र आइजिन नम्बर दिएका कारण कतिपय लगानीकर्ताले जानाजान लकिङ पिरियड नखुल्दै आफुसँग भएको सेयर दोस्रो बजारमा बिक्री गरेको पाइएको छ ।

एउटै कोड र आइजिनकै कारण कतिपयले भुलबस लकिङ समयावधिमा रहेको सेयर बिक्री गरेका छन् । जुन नेपालको सेयर बजारको दुर्भाग्य र नेप्सेले गर्दै आएको गैरकानुनी क्रियाकलाप भएको समेत निवेदनमा उल्लेख छ ।

साथै नेप्से र सीडीएसले कम्पनीका संस्थापकहरुसँगको मिलेमतोमा एउटा कम्पनीका दुईवटा फरक फरक प्रकृतिका सेयरलाई एउटै बास्केटमा राखेर मिसाई साना तथा सर्वसाधारण लगानीकर्ताहरुलाई मारमा पार्ने तथा बजारबाटै निस्तेज पार्ने काम गर्दै आएको उक्त निवेदनमा उल्लेख छ ।

यसैगरी सेयर लकिङ खुल्नु र कम्भर्जन हुनु दुई फरक फरक विषय भएको तर, अहिले कम्पनीका संस्थापकहरुको मिलेमतोमा नेप्से र सीडीएसले लकिङ खुलेको सेयरलाई कन्भर्जन भन्दै एउटै बास्केटमा राखेर खरिद बिक्री गर्न दिँदै आएको भन्दै सो सम्बन्धमा समेत छानविन गर्न माग गरिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्