काठमाडौं । नेपाल राष्ट्र बैंकको भावि गभर्नरका रुपमा हेरिएका अर्थविद् डा. विश्व पौडेल विरुद्ध सर्वोच्च अदालतमा योग्यता नपुगेको भन्दै परेको रिट दरपीट गरिएको छ । मंगलबार अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दिएको रिटलाई सर्वोच्चले दरपीट गरेको हो ।
मंगलबार अबेर भएको भन्दै सर्वोच्च प्रशासनले रिट दर्ता गरेको थिएन । अध्ययनपछि सर्वोच्च प्रशासनले पौडेलविरुद्धको रिट दरपिठ गरेको छ । रित नपुगेको भन्दै सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्