काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा समस्या हुनुको कारण मौसम भएको बताएका छन् । नयाँ नेतृत्व आएर समस्या आएको भन्दा पनि मौसमका कारणले समस्या आएको उनले बताएका हुन् ।
गत वर्षको यो सिजनमा पनि विद्युत आपूर्तिमा समस्या देखिएको र समिति नै बनाइएको भन्दै यो वर्ष पनि मौसमका कारणले समस्या आएको उनको दाबी छ । गत वर्ष उद्योगहरुमा लोडसेडिङ गरिएको भए पनि यो वर्ष भारतबाट महंगोमा किनेर भए पनि विद्युत उपलब्ध गराउने उनले बताए । ‘भारतबाट महंगोमा किनेर भए पनि विद्युत उपलब्ध गराउने विषयमा प्राधिकरण लागिरहेको छ,’ उनले भने ।
भौतिक पूर्वाधारको निर्माण नभएका कारणले पनि विद्युत आपूर्तिमा समस्या हुने गरेको शाक्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्