Skip to content

खतिवडाको अध्यक्षतामा फिने बागमती प्रदेश कमिटी गठन

काठमाडौं । कृष्ण खतिवडाको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को बागमती प्रदेश कमिटी चयन गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा खतिवडाको अध्यक्षतामा निर्विरोध नयाँ कमिटि चयन गरिएको हो ।

कार्यसमितिमा अध्यक्ष खतिवडाका साथै बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ र सहकोषाध्यक्षमा देविश्री पन्त निर्विरोध चयन भएका छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस्तै कार्यसमिति सदस्यहरुमा किशोर गर्तौला, स्वेता सुवेदी, राज हुमागाई, प्रमोश अधिकारी र सुदिप थापा चयन भएका छन ।

फिनेका बरिष्ठ उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले विदेशमा रहेका युवा उद्यमी र नेपालका उद्यमीबीच पुलको काम गर्ने बताए ।

स्वदेश तथा विदेशमा रहेका उद्यमीहरुलाई संस्थाले सहयोग गरिरहेको जानकारी गराए । संस्थाले विभिन्नका ९ वटा देशमा शाखा खोलेको उनले बताए । फिनेले नेपालका सातै प्रदेशमा कार्यसमिति विस्तार गर्ने जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्