काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विदेशमा रहेका नेपालीलाई आफुसँग भएको ज्ञान, सीप स्वदेशमा प्रयोग गर्न आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को बाग्मती प्रदेश कमिटी चयन कार्यक्रममा उनले यस्तो बताए । मन्त्री भण्डारीले नेपालमा नव प्रवर्धनका साथै साना तथा घरेलु उद्योगको धेरै सम्भावना रहेको बताए ।
फिनिले उद्यमशिलता विकासमा धेरै नै काम गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । उनले नेपालमा नव प्रवर्धनका लागि सरकारले पनि काम गरिरहेको बताए ।
मन्त्री भण्डारीले गत आर्थिक वर्षको बजेटमा नव प्रवर्धनका लागि २५ करोड बजेट विनियोजन गरेको उल्लेख गरे । यो कार्यान्वयन गर्न मन्त्रालयको संरचना तयार नभएको र रकमान्तर हुन खोजेको उल्लेख गरे ।
सरकारले गत आवबाट प्रवर्धन कार्यक्रम सुरु गर्दा १२७ छनोट गरेको र चालु आवमा ६६१ जना छनोट गरिसकेको जानकारी गराए । मन्त्री भण्डारीले नव प्रवर्धनका लागि ५ हजारको आवेदन परेको र १ हजार सर्ट लिस्टमा परेका मध्येबाट ६६१ छनोट भएको उल्लेख गरे ।
नव प्रवर्धनमा लाग्नेहरुसँग क्षमता, अनुभव, योग्यता भएपनि कर्जा लिन धितो नभएर समस्या हुने गरेको बताए । बिना धितो केही पनि काम गर्न नसक्ने उल्लेख गरे । नेपालले पनि विश्वमा प्रपिस्पर्धा गर्न सक्ने भन्दै सरकारले नयाँ पुस्तालाई आकर्षित गर्न नीति तथा कार्यक्रममा समेटेको जानकारी गराए ।
नेपालका भौगोलिक विविधता फरक खालको रहेको यसको सदुपयोग गर्न आवश्यक रहेको बताए । ‘ुनेपालले निर्यात बढाउन सकेको छैन’ उनले भने, ‘आफ्ना उत्पादन विश्व बजारमा पुर्याउन सकेको छैन । भएको उत्पादन चिन्न सकेका छैनौ ।’
नेपाली उत्पादनको, ब्रान्डिङ गर्न, नसकेको मन्त्री भण्डारीले बताए । नेपालमा उत्पादन भएको वस्तु अन्य देशले खरिद गरेर त्यसको ब्रान्डिङ गरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्