काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स नयाँ बोनसदर सार्वजनिक गरेको छ । कमपनीले गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार प्रति हजारमा न्यूनतम ६१ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने भएको छ । त्यसैगरी सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ४५ रूपैयाँदेखि ६२ रूपैयाँसम्म र बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रूपैयाँदेखि ५२ रूपैयाँसम्म बोनसदर दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्