काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी गर्ने हकप्रद सेयरका लागि भोलि (जेठ ५ गते) बुक क्लोज गर्ने भएकाले सेयर बजारमा आजसम्म कारोबार गरेका सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउने छन् ।
यस कम्पनीले १ कित्ता साधारण सेयर बराबर १ कित्ता हकप्रद सेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्