काठमाडौं । आइतबार सेयर बजार सामान्य घटेर कारोबार बन्द हुँदा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा दुईवटा विकास बैंक र दुईवटा लघुबीमा कम्पनी छन् ।
आज सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र युनिभर्सल पावर कम्पनी छन् । आज सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १८२ रुपैयाँ ८६ पैसाले बढेर १ हजार ९१७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७१ प्रतिशतले कम हो ।
त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि ७.५३ प्रतिशत अर्थात् १६४ रुपैयाँ ९९ पैसाले घटेर २ हजार २५ रुपैयाँ ०७ पैसा पुगेको छ । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ७२ रुपैयाँ घटेर ९६५ रुपैयाँ ५० पैसा पुगेको छ। यो अघिल्लो दिनको भन्दा ६.९४ प्रतिशतले कम हो ।
आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १४७ रुपैयाँ ४८ पैसाले घटेर २ हजार ३ रुपैयाँ ७२ पैसा पुगेको छ । जुन अघिल्लो कारोबार दिनभन्दा ६.८६ प्रतिशतले कम हो । युनिभर्सल पावरको सेयर मूल्य ६.१० प्रतिशत अर्थात् २५ रुपैयाँ ३४ पैसाले घटेर ३९० रुपैयाँ ३८ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्