काठमाडौं । आइतबार सेयर बजार घटेर कारोबार हुँदा १४५ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । १०० वटा कम्पनीको सेयर मूल्य बढेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजामा ओम मेगाश्री फार्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ओम मेगाश्रीको सेयर मूल्य ६३ रुपैयाँ ६० पैसाले बढेर ६९९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् २८ रुपैयाँ ८९ पैसाले बढेर ३१८ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा नेपाल रि इन्स्योरेन्स कम्पनी, विन नेपाल लघुवित्त र बाराही हाइड्रोपावर छन् । आज नेपाल रिको सेयर मूल्य १०० रुपैयाँ ५४ पैसाले बढेर १ हजार २९५ रुपैयाँ ६९ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.५३ प्रतिशतले धेरै हो ।
त्यस्तै आज विन नेपाल लघुवित्तको सेयर मूल्य ८.४१ प्रतिशत अर्थात् २३६ रुपैयाँ १९ पैसाले बढेर २ हजार ७१५ रुपैयाँ ५६ पैसा पुगेको छ । बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ७६ रुपैयाँ ६६ पैसाले बढेर १ हजार १२४ रुपैयाँ ३४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.३२ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्