Skip to content
Prabhu

टेन्डर पूरा नहुँदै जलविद्युत आयोजनाको लाइसेन्स पाउनेको लिस्ट तयार, कुन आयोजना कसको पोल्टामा ?

काठमाडौं । प्रस्तावित आठ वटा जलविद्युत् आयोजनाको टेन्डर प्रक्रिया पूरा नहुँदै कुन आयोजनाको टेन्डर कसले कसले पाउने भन्ने लिस्ट (सूची) नै तयार बनाउने प्रक्रिया सुरु भइसकेको छ ।

विद्युत् विकास विभागले आठ वटा जलविद्युत आयोजना निर्माणका लागि भन्दै वैशाख २७ गते आयोजना बनाउन चाहनेका लागि टेन्डर आह्वान गरेको छ । आयोजना बनाउने चाहनेहरुले जेठ २५ गतेसम्म दिउँसो १२ बजेसम्म आवेदन दिएर टेन्डरमा भाग लिन पाउने छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आयोजना बनाउन चाहने नेपाली जलविद्युत कम्पनीहरु जो उनीहरुको संयुक्त लगानी भएका कम्पनीले प्रस्ताव पेश गर्न सक्नेछन् । पेश गरिएका सबै प्रस्ताव जेठ २५ गते नै दिनको १ बजे खोलिने जनाइएको छ । अहिले नै भएको सम्झौताअनुसार आयोजना निर्माणको ठेक्का दिने हो भने करिब सबै आयोजना कुन कम्पनीले बनाउने भन्ने लिस्ट नै तयार भएको छ । अन्य आवेदन दिनेको समय मात्रै खेर जाने करिब निश्चित भएको स्रोतको दाबी छ ।

आयोजना ठेक्का पार्नेहरुका लागि विभागले विभिन्न मूल्याङ्कनको मापदण्ड समेत बनाएको छ । विभागले प्रस्तावहरूको मूल्यांकन गर्दा प्राविधिक क्षमता ३० प्रतिशत, आर्थिक क्षमता ४० प्रतिशत र परियोजना विकास अनुभव ३० प्रतिशत हुनुपर्ने मादपण्ड बनाएको छ ।

विभागले हाल प्रस्ताव गरेका आयोजनाहरूमा म्याग्दी र पर्वत जिल्लामा रहेको ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी हाइड्रो पावर प्रोजेक्ट, सोलुखुम्बु जिल्लामा रहेको ४७ मेगावाट क्षमताको दूधकोशी–४ हाइड्रोपावर प्रोजेक्ट, हुम्ला जिल्लामा रहेको ६१ मेगावाट क्षमताको हुम्ला कर्णाली हाइड्रोपावर प्रोजेक्ट रहेको छ ।

यस्तै सोलुखुम्बु जिल्लामा नै रहेको २१.४ मेगावाट क्षमताको इंखु खोला हाइड्रोपावर प्रोजेक्ट आयोजना, म्याग्दी जिल्लामा रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अप्पर हाइड्रो प्रोजेक्ट, हुम्ला जिल्लमा रहेको ४९.५ मेगावाट क्षमताको लोटी कर्णाली पीआरओआर हाइड्रो पावर प्रोजेक्ट, सोलुखुम्बु जिल्लामा रहेको ३०.२ मेगावाट क्षमताको लोअर होंगु हाइड्रोपावर प्रोजेक्ट र संखुवासभा तथा भोजपुर जिल्लाको सिमानामा बन्ने ४०.८ मेगावाट क्षमताको संखुवा खोला–१ हाइड्रो पावर प्रोजेक्ट रहेको छ ।

हाइड्रोपावर निर्माणका लागि प्रस्ताव पेश गर्ने मध्येका एक प्रवद्र्धकका अनुसार यी आठ आयोजनामध्ये केही आयोजनाको टेन्डर कसलाई पार्ने भन्ने लिस्ट तयार भइ सकेको छ ।

आठ आयोजनामध्ये संखुवा खोला–१ आयोजनाको ठेक्का निल सारुलाई, दूधकोशी–४ आयोजनाको ठेक्का अरुण केसीलाई, कालीगण्डकी अप्पर हाइड्रो प्रोजेक्टको ठेक्का चन्द्र टण्डन र महेश श्रेष्ठलाई पर्ने निश्चित छ । यस्तै इंखु खोला हाइड्रो प्रोजेक्टको टेन्डर रमेश शर्मा र लोटी कर्णाली पीआरओआर आयोजनाको ठेक्का उत्तम भ्लोनले पर्ने पक्कापक्की भइसकेको छ ।

यी आयोजनहरुको टेन्डर प्रकृया नै पुरा नहुँदा यसरी कुन आयोजना कसले पाउने भनेर तय हुँदा त्यसले पार्ने प्रभावका विषयमा अहिले नै चर्चा हुन थालेको छ ।

अन्य केही आयोजना विकास तथा निर्माण गर्न इच्छुक कम्पनी तथा संयुक्त लगानी गर्नेहरुको समेत सूची तयार भइसकेको बताइन्छ ।

तै पनि प्रकृया पुर्याउनकै लागि विभागले यी आयोजनाहरुको निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तारन्तरण (बुट) मोडेलमा विकास गर्न चाहने नेपाली कम्पनीहरूका लागि प्रस्ताव माग गरेको जनाएको छ ।

यस्ता आयोजना निर्माण गरी संचालन गर्ने र तोकिएको समयपछि सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ । विद्युत् ऐन २०४९ र नियमन २०५० बमोजिम, सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावली अनुसार आयोजना छनोट प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

*यता उत्तम भ्लोलनले आफुले कुनै पनि आयोजना लिन नलागेको बताएका छन् । ‘विभागले तोकेको मापदण्ड अनुसार मेरो योग्यता पुग्दैन’ लामाले भने ‘ समाचारमा उल्लेख भएजस्तो मेरो कुनै पनि आयोजना छैन ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्