Skip to content

ग्लोबलका ग्राहकलाई तिलगंगा सिटी आईमा १५ प्रतिशतसम्म छुट

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंक र चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको हो ।

सो समझदारीपत्रमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरे ।

सहमतिअनुसार बैंकका डेबिटरक्रेडिट कार्ड एवम् मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

बैंकका ग्राहकलाई आई सेन्टरमा सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

ग्लोबल आइएमईका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

साे बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८५ एटिएम, २ सय २ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi