Skip to content

महुरे–फोक्सिङटार सडक ३१ वर्षपछि कालोपत्रे हुँदै

nabil bank
lznfn]v cgfj/0f ub}{ dGqL bfxfn vf]6fª, $ h]7 M dx'/]–kmf]lS;ª6f/ ;8s sfnf]kq z'ef/Ddsf nflu lznfn]z cgfj/0f ug'{x'Fb} g]kfn ;/sf/, ef}lts k"jf{wf/ tyf oftfoftdGqL b]j]Gb| bfxfn . tTsfnLg k|wfgdGqL :juL{o dgdf]xg clwsf/Ln] lj=;+= @)%! ;fndf lznfGof; ug'{ePsf] of] ;8s sfnf]kqsf nflu cfOtaf/ dGqL bfxfnn] cf}krfl/s?kdf lznfn]v cgfj/0f ub}{ sfnf]kqsf] sfd z'ef/De ug'{ePsf] xf] . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रेको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको यस सडक आइतबार मन्त्री दाहालले औपचारिक रूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरेका हुन् ।

दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले  ८६ करोड रुपैयाँ बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रेको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छभने, दोस्रो खण्डको सडक कालोपत्रेको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौंले लिएको छ ।

दिव्यज्योति कन्ट्रक्सन प्रालिले ४२ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी विसं २०८१ चैत १७ गते तथा रायमाझी कन्ट्रक्सन प्रालिले रु ४४ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ २ गते सम्झौता गरेको हो ।

दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन् । फोक्सिङटारमा आयोजित सडक कालोपत्रे शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

‘यो सडक तपाईको व्यावसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईले यो सडक कालोपत्रे समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन’, उनले भने, ‘कालोपत्रे समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।’

मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनःनिर्माण हुने उनको भनाइ छ ।

यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्रे सुरु गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime