Skip to content

प्राधिकरणका अध्यक्ष ओझाको नियुक्ति सम्बन्धी फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई नियुक्ति गर्दा सरकारले गरेको मन्त्रिपरिषद र अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको फाइल झिकाउन आदेश दिएको छ ।

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायधिस नित्यानन्द पाण्डेयको संयुक्त इजलासले ओझालाई नियुक्त गर्दा मन्त्रिपरिषदमा पेश गरेको योग्यता सम्बन्धी फाइलको सक्कलै झिकाउन आदेश दिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

ओझाको नियुक्ति विरुद्ध अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सरकारले ओझालाई फागुन १३ गते प्राधिकरणका अध्यक्षमा ओझालाई नियुक्ति गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्