Skip to content

डा. विश्व पौडेल विरूद्धको रिट दरपीठ सुनुवाइ मल्लको इजलासमा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरको रुपमा हेरिएका डा. विश्व पौडेलको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतबाट रिट दरपिठ भएपछि त्यसलाई बदर माग गर्दै दर्ता भएको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

गत मंगलबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालत रिट लगेका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दरपिठ गरेका थिए ।

सार्वजनिक सरोकार देखाउन नसकेको र पत्रपत्रिकामा प्रकाशित भएकै समाचारका आधारमा निवेदन पेस गरेको देखिएकोले दरपीठ गरेको सर्वोच्चका रजिष्ट्रार पोखरेलको जेठ २ गते दरपिठ गरेका थिए ।

रिट दरपिठ भएपछि कानुन व्यवसायीले दरपिठविरुद्ध निवेदन दिएका हुन् । निवेदनमा सुनुवाइपछि पौडेलविरुद्धको रिट निवेदन दर्ता हुने वा नहुने भन्ने यकिन हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime