काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
प्रधानमन्त्री ओली अस्वस्थ भएपछि आज संघीय संसदको प्रतिनिधि सभामा सांसदसँगले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सहयोगी प्रकाश सिलवालका अनुसार ओलीलाई सोमबार रुघा खोकी लागेको हो । ओलीलाई रुघा खोकी लागेपछि संघमा प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्