काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा सकारात्मक सर्किट लाग्ने यो दोस्रो कम्पनीमा हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३२ रुपैयाँ ३६ पैसाले बढेर ३५६ रुपैयाँ ८० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले धेरै हो । यो अवधिमा सेयर बजार परिसूचक ५ दशमलव २७ अंकले बढेर २६३३ दशमलव ६४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ४४ करोड माथिको कारोबार भएको छ । आजको कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्