काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर छनोट समितिको बैठक बोलाएका छन् ।
मन्त्री पौडेलले आज अपराह्न करिब ४ बजेका लागि समितिको बैठक बोलाएको मन्त्रालय स्रोतले जनाकारी गराएको छ । लामो समयदेखि सरकारले गभर्नर छनोट गर्न सकेको छैन ।
मन्त्री पौडेलले आजका लागि गभर्नर छनोट समितिको बैठक बोलाएपछि राष्ट्र बैंकलले छिट्टै गभर्नर पाउने सम्भावना रहेको बताइन्छ । उक्त समितिको संयोजकमा मन्त्री पौडेल छन् भने सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन् ।
सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा गएका थिएनन् । आज बसेको ओली र देउवाको बैठकपछि गभर्नर नियुक्तिमा सहमति जुटेको बताइएको छ ।
ओली अझै पनि कायम मुकायम गभर्नर डा निलम तिम्सिनालाई गभर्नर बनाउने पक्षमा छन् भने देउवा योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई बनाउनु पर्ने पक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस्