Skip to content

हरियो धनियाँ किन्दै हुनुहुन्छ सावधान ! भेटियो शतप्रतिशत विषादी

काठमाडौं । के तपाई हरियो धनियाँ किन्दै हुनुहुन्छ ? अचार वा अन्य प्रयोगका लागि रुचाइने धनियाँ किन्दै हुनुहुन्छ भने सावधानी अपनाउनुहोस् । किनभने धनियाँमा करिब शतप्रतिशत विषदी भेटिएको छ ।

काठमाडौंको कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा हरियो धनियाँमा ९९.३७ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

तोकिएको भन्दा अधिक विषादीको भेटिएको उक्त धनियाँ उपभोगका लागि अयोग्य रहेको जनाइएको छ । रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने जनाइएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । परीक्षण गरिएको धनिया काभ्रेका किसान राजकुमार कुँवरले उत्पादन गरेको र कालिमाटिमा रहेको तरकारी बजारको ७३० नम्बर पसलमा बिक्री गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्