Skip to content

बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित पल्सर एन१२५ लन्च हुँदै

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले झापाको बिर्तामोडमा पल्सर एन१२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दै छ।

सांगीतिक कार्यक्रम गरी नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझमार्फत गरिँदैछ। आज मंगलबार साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्ने छिन् ।कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८ सीसी एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८।८२ केडब्लु पावर र ११ एनएम टर्क उत्पादन गर्दछ। यो १२५सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि। का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, एन१२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ’ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्