Skip to content

गभर्नर नियुक्त हुने निश्चित भएसँगै सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य अंकले घटेकाे सेयर बजार आज उच्च अंकले बढेर कारोबार बन्द भएको हो।

आज सेयर बजार परिसूचक ४९ दशमलव ०९ अंकले बढेर २६७७ दशमलव ४५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८६ प्रतिशतले धेरै हो । गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने पक्का भएसँगै सेयर बजारमा हरियाली देखिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज सेयर बजारमा २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै घटेको छ । एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ६८ अंकले बढेर ४५१ दशमलव ०१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

परिसूचक उच्च अंकले बढेको दिन कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३५ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७३ हजार ५४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्