काठमाडौं । मंगलबार सेयर बजार परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । २२९ कम्पनीको सेयर मूल्य बढेको दिन ५ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजामा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फमासिटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ता हाइड्रो एण्ड जनराल कन्स्टक्सनको सेयर मूल्यमा सर्किट लागेको हो ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य ७९ रुपैयाँ ६३ पैसाले बढेर ८७६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ७८ रुपैयाँ ७० पैसाले बढेर ८६५ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आज ओम मेगाश्रीको सेयर मूल्य ७६ रुपैयाँ ९० पैसाले बढेर ८४६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै राप्ती हाइड्रोको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात् ३२ रुपैयाँ ३६ पैसाले बढेर ३५६ रुपैयाँ ८० पैसा पुगेको छ ।
त्यस्तै, आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १०५ रुपैयाँ ३८ पैसाले बढेर १ हजार १६१ रुपैयाँ ८३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्