Skip to content

सेयर बजार उच्च अंकले बढेको दिन धेरै गुमाउने ५ कम्पनीमा ३ वटा डिबेन्चर

काठमाडौं । आज सेयर बजार उच्च अंकले बढेर कारोबार बन्द हुँदा १५ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजार घट्ने कम्पनीमध्ये शीर्ष पाँच कम्पनीमा तीनवटा डिबेन्चर छन् । त्यस्तै आज एक/एकवटा म्युचुअल फण्ड, र लघुवित्त कम्पनी रहेका छन् ।

आज सेयर बजारमा विन नेपाल लघुवित्त, एनएमबी ५०, सुन्चुरी डिबेन्चर २०८८, एनसीसी डिबेन्चर २०८६ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक डिबेन्चर २०८४ रहेका छन् । आज विन नेपाल लघुवित्तको सेयर मूल्य ७५ रुपैयाँ ६२ पैसाले घटेर २ हजार ३६८ रुपैयाँ ३८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०९ प्रतिशतले कम हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज एनएमबी ५० को सेयर मूल्य २.१३ प्रतिशत अर्थात् ०.२३ रुपैयाँले घटेर १० रुपैयाँ ५८ पैसा पुगेको छ । त्यस्तै सेन्चुरी डिबेन्चरको सेयर मूल्य २३ रुपैयाँ ८० पैसाले घटेर १ हजार १६८ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २ प्रतिशतले कम हो ।

त्यस्तै, एनसीसी डिबेन्चरको सेयर मूल्य २२ रुपैयाँ ८० पैसाले घटेर १ हजार ११८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २ प्रतिशतले कम हो । आज नेपाल मेगा बैंक डिबेन्चरको सेयर मूल्य १.९६ प्रतिशत अर्थात् २० रुपैयाँ ८० पैसाले घटेर १ हजार ४२ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्