Skip to content

गभर्नर छनोट सिफारिस समितिको बैठक सुरू

काठमाडौं । अर्थ मन्त्रालयमा गभर्नर छनोट सिफारिस समितिको बैठक सुरू भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर छनोट समितिको बैठक बोलाएका थिए ।उक्त बैठक केही समय अघि सुरु भएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बैठकमा समितिको संयोजक पौडेल तथा सदस्यहरु निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे छन् ।

बैठकले तीन जनाको नाम भावी गभर्नरका लागि सिफारिस गर्ने छ । जसमा कामु गभर्नर निलम ढु‌गाना, डेपुटी गभर्नर बम बहादुर मिश्रको नाम सिफारिस हुन सक्ने जनाइएको छ ।

आजै ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । भावी गभर्नरमा युवा अर्थशास्त्री विश्व पौडेल हुने सम्भावना बलियो रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्