Skip to content

नेपालमा शंकास्पद आर्थिक कारोबार ४९ प्रतिशतले बढ्यो

काठमाडौै । नेपालमा शंकास्पद कारोबार तथा गतिविधि बढ्दो क्रममा रहेकाे छ ।  नेपाल  राष्ट्र बैंकका अनुसार सन् २०२३ मा ६ हजार २५५ रहेकोमा सन् २०२४ मा शंकास्पद कारोबार तथा गतिविधि ४९ प्रतिशतले बढेर ९ हजार ३०४ पुगेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले वित्तीय जानकारी इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधिअनुसार एक वर्षको अवधिमा यस्तो कारोबार ४९ प्रतिशतले बढेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सन् २०२४ मा इकाईले जम्मा १ हजार ८९४ प्रतिवेदन विश्लेषण गरेकोमा सोमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने तथा अनुसन्धानकारी निकायमा पठाइएको जनाएको छ ।

यस्तै नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरेको जनाइएको छ । योमध्ये ८०८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको जनाएको छ ।

सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८५५ पुगेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ्ग तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने÷अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा संख्या सन् २०२३ को अन्त्यमा १ हजार ४९६ रहेकोमा सन् २०२४ को अन्त्यमा १ हजार ९०५ पुगेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा इकाईले सन् २०२४ मा गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी कार्यहरू प्रस्तुत गरिएको जनाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्