Skip to content

सर्वोच्च अदालतले रोकेन डा‍. पौडेललाई गभर्नर बन्न

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको भावी गभर्नर बन्न डा. विश्व पौडेललाई बाटो खोलेको छ ।

पौडेलको योग्यता नपुगेको भन्दै अदालत पुगेको रिट दरपिट आदेश सदर गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । यसअघि दरपिट भएको रिट निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलासले आदेश सदर गर्ने निर्णय गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

नेपाल राष्ट्र बैंकको भावी गभर्नरको रुपमा हेरिएका डा. विश्व पौडेलको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतबाट रिट दरपिट भएपछि त्यसलाई बदर माग गर्दै दर्ता भएको निवेदनमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो ।

गत मंगलबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालत रिट लगेका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दरपिट गरेका थिए ।

सार्वजनिक सरोकार देखाउन नसकेको र पत्रपत्रिकामा प्रकाशित भएकै समाचारका आधारमा निवेदन पेस गरेको देखिएकोले दरपिट गरेको सर्वोच्चका रजिष्ट्रार पोखरेलले जेठ २ गते दरपिट गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्